म मुर्ख



म मुर्ख
मलाई सबै मुर्ख भन्छन्
हुस्सु, सोझो र नेपाल नबुझेको
सबैको भनाइ
मैले पनि मान्ने पर्यो

म घोषणा गर्दछु
मा मुर्ख हुँ
तर अझै गतिलो मुर्ख बन्न सकिरहेको छैन
यहाँ बुद्धिमानहरु सबैतिर छन्
चट्टानी अडान भएका सिद्धान्तकारहरु
जनबादको नाममा डरै नमानी जनता लुट्नेहरु

समाजवादको नाममा ठालु बाद का नयाँ प्रवर्तकहरु
कानुन देखाई न्याय लै कुल्चिने मुर्तिहरु
सबैलाई खेलाउने बहादुरहरु
बेसार पनि पिएर

कोरोना भगाउने डाक्टर हरु
उनीहरुले सबै सिकौनेछन्
अतृप्त तृष्णाको पहाड चढाउने छन्
पारि डाँडामा महल देखाउने छन्

कसलाई कसरी धोबिपाट गरि पछार्ने
शक्ति र कला सिकाउने छन्
अनि तिमि साच्चिकै बुद्धिमान हुने
देशलाई चाहिएको छ

सडक संघर्ष गर्ने मुर्खहरु
भ्रस्ट अतितलाई नाङ्गो पार्ने
भ्रस्टमा अडेको वर्तमान लाई चुनौती दिने
नाङ्गो सम्राटलाई नाङ्गो भन्ने

मुर्ख बीरहरु
यहाँ मुर्ख हुन सजिलो छैन
मुर्ख हुन चाहन्छौ भने
अझै समय छ
प्रयास गर

डा. प्रकाशचन्द्र लोहनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य

साहित्यकार शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् ।