‘समयादेश’



समयादेश

लक्ष्य त कहाँ कहाँ पुग्ने थियो..

बार्दलीबाट बुरूक्कै उफ्रेर
भेटाउनु थियो
बादलहरूको देश,

उकालै-उकालो हिडेर
चढ्नु थियो पहाड
र ध्यानस्थ साधुझै
आँखा चिम्लेर नै
महशुस गर्नु थियो
जीवनको सर्वोच्च आनन्द

नदीको किनारबाट
बिन्ति बिसाएर कुनै जलदेवतालाई
सयर गर्नु थियो
पानीको देश

चराहरूको प्वाँखमा अटाएर
वारपार गर्नु थियो
सीमाहीन देशहरू

डि.एन्.ए. को
ग्रेटवालभन्दा लामो सिढी फैलाएर
पुग्नु थियो चन्द्रमा
र गर्व गर्नु थियो
मानव जुनीको
मानव सभ्यताको
मानव विकासको..

बार्दलीबाट बुरूक्कै उफ्रेर
भेटाउनु थियो
बादलहरूको देश..

तर बन्द गरेर आफूलाई पर्खालभित्र
अहिले समय आफैं बन्दी छ
र बहिष्कार गरिरहेछ मानिसहरूको संसर्ग पनि

समयको त्रासदी सिरोपर गरेरै
मैले कैद गरेको छु आफूलाई
म सोचिरहेछु
समय के सिकाउन चाहिरहेछ यतिखेर
कि मैले आँगन चिनेर मात्र
छोड्नुपर्छ बार्दली
या सपनाहरूलाई गोडमेल गर्न
क्वारेन्टिनको एकान्त काफी छ!

~ स्मिता श्रेष्ठ


प्रतिक्रिया दिनुहोस
मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम

म मुर्ख

म मुर्ख मलाई सबै मुर्ख भन्छन् हुस्सु, सोझो र नेपाल नबुझेको सबैको भनाइ

लघुकथा : भयावह

तुलसी पण्डित । आज एक सय बीसौं दिनमा लकडाउन खुल्यो । लकडाउन खुलेकोमा

‘दुलारी’ पढ्दा

डा. गोविन्दशरण उपाध्याय । मधेसकी रैथाने वासिन्दा मुना चौधरीले नेपाली भाषामा लेखेको “दुलारी”