लघुकथा : भयावह



तुलसी पण्डित ।
आज एक सय बीसौं दिनमा लकडाउन खुल्यो । लकडाउन खुलेकोमा जनमानसमा उमङ्ग आएछ । अैले प्राय सबैले कोरोनाको बेवास्ता गरेका छन् ।कति मलाई कोरोनाले केही गर्न सक्दैन भन्छन् । कति त्यो रुघा जस्तै त हो भन्छन् । यै तुजुक भएर होला प्रायजसो मानिस बिना माक्स अहिले बजार आवत जावत गर्छन् ।
तर जलवीरेलाई विश्वास थिएनकी संसारबाट कोरोनाको अन्त्य भयो ।ऊ बजार जादा होस् वा घरमा काम गर्दा माक्सको प्रयोग गर्थ्यो ।काम गरि सके पछि सात विधि अप्नाएर हात धुन्थ्यो ।खाना खानु अघि सधैं त्यसै गर्थ्यो । उसले अरुलाई पनि माक्स लगाउन र खाना खानु अघि हात धुन सल्लाह दिन्थ्यो ।
जलवीरे लामो समयको अन्तराल पछि बजार गयो ।उसको काम भनेको केटाकेटीहरुको कपडा किनी दिनु थियो । कपडा किन्ने पसलमा उसको साथी अमन रहेछ ।
जलवीरेलाई देखेर अमन खित्का छोडेर हाँस्यो । जलवीरे जिल्ल पर्यो ।
“हैन तलाई के भो ? किन मलाई देखेर हाँसेको।
कातर अझ लाज लाग्दैन । अमनले प्याच्च बोल्यो ।”
“किन मलाई कातर भनेको ?”
लकडाउन खुलि सक्यो अझ माक्स लगाएर हिड्ने ।खै ! मैले अझ सम्म माक्स लगाएको छैन ?”
” हेर यसले हामीलाई माया गर्दैन । अझ सजग न भए ढिलो चाँडो समात्न सक्छ । अझ तलाई थाहा नै रहेनछ । हामीले कोरोनाबाट मुक्ति पाएका छैनौ । यो त देशको आर्थिक स्थिति भयाबह भएर सरकारले लकडाउन खुलाएको हो ।
खै ! अहिलेसम्म ट्रम्पले लगाएका छैनन् ?
तैले कस्तो कुरा गरेको । तँ ट्रम्पको तुलनामा पुग्न सक्छस् ।
साथी अमन अस्पतालमा भर्ना भएको छ । यो कुरा थाहा पाएको जलवीरे साथी भेट्न अस्पताल गयो । तर उसले साथीलाई भेट्न पाएन । उसले बाहिरबाट फोन गर्यो ।
अमनले फोनमा भन्यो ।
“साथी मलाई कोरोनाले भेट्यो । त्यसैले म अस्पताल भर्ना भएको छु ।”
“ओहो ! मैले के गरौ खैं ! मैले कोरोना बिरुद्ध मास्क लगाएर हिड्डा मजासँग हास्यौँ ।”


प्रतिक्रिया दिनुहोस
मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम

म मुर्ख

म मुर्ख मलाई सबै मुर्ख भन्छन् हुस्सु, सोझो र नेपाल नबुझेको सबैको भनाइ

‘समयादेश’

समयादेश लक्ष्य त कहाँ कहाँ पुग्ने थियो.. बार्दलीबाट बुरूक्कै उफ्रेर भेटाउनु थियो बादलहरूको

‘दुलारी’ पढ्दा

डा. गोविन्दशरण उपाध्याय । मधेसकी रैथाने वासिन्दा मुना चौधरीले नेपाली भाषामा लेखेको “दुलारी”