एपल, एमेजन, फेसबुक र गुगलका प्रमुखहरु अमेरिकी संसदीय सुनुवाइमा उपस्थित



विश्वका चार ठूला प्रविधि कम्पनीका प्रमुखले बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको सामना गर्न उनीहरू अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन् । एमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला कम्पनीहरूको खाँचो रहेको बताएका छन् भने फेसबुक, एपल र गुगलका प्रमुखहरूले आफ्ना कम्पनीले आविष्कारका लागि उत्प्रेरित गरेको तर्क गरेका छन् ।

कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनको विषयमा सांसदहरूले विमर्श गरिरहेका बेला ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन् ।

कतिपय आलोचकहरू चाहन्छन् यी कम्पनीहरू फुटून् । सुनुवाइका क्रममा डेमोक्रेटहरूले प्रतिस्पर्धाको विषयमा प्रश्न उठाएका छन् भने रिपब्लिकनहरूको चासो ती कम्पनीहरूको सूचना व्यवस्थापनको विषयमा थियो ।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्रेट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्नका निम्ति आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्याउने हिसाबले खर्च गरेको बताए । ती कम्पनीहरूले एकाधिकार कायम गरेको भन्दै त्यसप्रति आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

भिडिओ लिङ्कमार्फत् उपस्थित भएका फेसबुकका मार्क जकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो । चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताए । उनीहरूले कम्पनीको अमेरिकी उत्पत्ति एवम् मूल्यमान्यतामाथि जोड दिए ।

सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोप समेत लगाए । वेबसाइटमा एमेजनका विक्रेताहरूको व्यवहार इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको र एपलको एप भण्डार लगायतका विषयले सांसदहरूको ध्यान तानेको थियो ।

सुनुवाइका क्रममा कतिपय रिपब्लिकन सांसदले ती कम्पनीहरूलाई टुटाउने अथवा प्रतिस्पर्धासम्बन्धी अमेरिकी कानुनमा आमूल परिवर्तन ल्याउनुपर्ने पक्षमा आफूहरू नरहेको तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही