‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ?’



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई भारतीय नागरिक भन्दै दाबी गरेकोप्रति आपत्ति जनाएको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्वीट गर्दै जयशंकरको भनाईप्रति आपत्ति जनाएका हुन् । शर्माले लेखेका छन्, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ । आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन । आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन ! राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको,
आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्,मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् । नेपाली कांग्रेसले भनेको छ, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

त्यसैगरी शर्माले प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि चितवनको माडीमा भएको र सीतारामको भव्य मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्,‘ यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल माक्र्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरा प्रधानमन्त्री ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व