कोभिड-१९ का बिरामीलाई आशलाग्दा औषधि कुन हुन् ?



संसारभरि भइरहेका परीक्षणमा कोभिड १९ का कारण गम्भीर बिरामी भएकाहरूको उपचारमा कुन औषधि सफल छ भनेर खोजिएका छन् । बिस्तारै त्यस्ता केही औषधिहरू पहिचान भएका पनि छन् ।
उपचार पत्ता लगाउन के गरिँदैछ?
विभिन्न देशमा १५० भन्दा धेरै औषधिहरूको परीक्षण भइरहेको छ । अधिकांश औषधि पहिले नै उपलब्ध हुन् जो अहिले यो भाइरसविरुद्ध परीक्षण गरिँदैछन् । वेलायतले विश्वकै विशाल क्लीनिकल परीक्षण गर्दैछ । रिकभरी नाम दिइएको उक्त अभियानमा १२ हजार बिरामी सामेल छन् । यसले कुन औषधिले काम गर्छ र कुनले गर्दैन भन्ने निश्चित जबाफ दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सलिडारिटी नामक परीक्षण अभियान विभिन्न देशहरूमा गराइरहेको छ । विभिन्न औषधि कम्पनीहरूले आफ्ना औषधि परीक्षण गरिरहेका छन् । हाल ती परीक्षणमा निम्न प्रकारका औषधि सामेल छन्:

मानव शरीरमा भाइरसको जगजगी रोक्ने एन्टीभाइरल औषधि

मानव शरीरको प्रतिरोध प्रणाली उत्तेजित भएको खण्डमा साम्य बनाउने औषधि (कोभिड-१९ का गम्भीर बिरामीहरूमा शरीरले अत्यधिक प्रतिरोध क्षमता सक्रिय बनाउँदा जटिलता देखा परिरहेका छन्)

अन्य निको भएका बिरामी वा प्रयोगशालाबाट ल्याइएका एन्टीबडीको प्रयोग जसले भाइरसविरुद्ध लड्न सघाउँछ ।

भिन्न किसिमका औषधि रोग लागेको भिन्न चरणमा उपयोगी हुन सक्छन् । उदाहरणका लागि एन्टीभाइरल औषधि सुरुवाती चरणमा अनि प्रतिरोध क्षमतासम्बन्धी औषधि पछिल्ला चरणमा काम लाग्न सक्छन् । यिनको मिश्रण गरेर उपचार गर्नेबारे पनि अध्ययन भइरहेका छन् ।

जीवनरक्षक औषधि कुन चाहिँ हो ?
हालसम्म परीक्षण गरिएकामध्ये एउटा औषधिले मात्र जीवनरक्षक काम गरेको प्रमाणित भएको छ । डेक्सामिथासोन कोरोनाभाइरस विरुद्धको लडाइँमा महत्वपूर्ण उपलब्धि हो । वेलायतको रिकभरी ट्रायलले भेन्टिलेटरमा राखिएका बिरामीमध्ये यसको प्रयोगले एक तिहाइ मृत्यु घटाउने देखाएको छ । साथै अक्सिजन लिन परेका बिरामीमध्ये यसले पाँच जनामध्ये एकजनाको ज्यान जोगाएको पाइएको छ । डेक्सामिथासोन एउटा स्टेरोइड औषधि हो जसले शरीरमा प्रतिरोधी क्षमताको अधिक सक्रियताका कारण उत्पन्न हुने सुजन घटाउँछ । साथै यो एउटा सस्तो औषधि पनि भएकाले विश्वभरि प्रयोग हुन सक्छ । तर हलुका लक्षण भएका बिरामीमा भने यो औषधिले काम गर्दैन । भेन्टिलेटरमा राखिएका १०० जना बिरामीमध्ये ६० जना यसै निको हुन्छन् । यो औषधिको प्रयोगले थप १२ जना निको हुन्छन् भने बाँकी २८ जना औषधि प्रयोग गरेर पनि बाँच्न सक्दैनन्।
अरू आशलाग्दा औषधि कुन हुन् ?
रेम्डेसिभिर नामक एन्टीभाइरल औषधि विगतमा इबोलाको उपचार गर्न विकास गरिएको थियो । एक हजार जनामा गरिएको परीक्षणमा यसको प्रयोगले लक्षण देखिने अवधिलाई १५ बाट ११ दिनमा झारिदिएको छ । तर यसले ज्यान जोगाउने कुरा प्रमाणित भएको छैन । अध्ययन जारी रहँदै गर्दा अमेरिकाले लगभग यसको सम्पूर्ण स्टक किनिसकेको छ । इन्टरफेरोन बिटा एउटा प्रोटिन पदार्थ हो जुन शरीरले सुजन घटाउन सहयोग गर्छ । वेलायतको कम्पनी साइनेर्जेनले नेबुलाइजरको प्रयोग गरी यो औषधि गम्भीर बिरामीको फोक्सोमा प्रत्यक्ष पठाउने विधि थालेको छ । सुरुवाती नतिजामा यसले मानिसलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न सक्ने देखिएको छ तर यसको विस्तृत परीक्षण हुन बाँकी छ ।
के एचआइभीको औषधिले कोरोनाभाइरसको उपचार हुन्छ?
हुँदैन । सुरुमा एचआइभीविरुद्ध प्रयोग हुने एन्टीभाइरल औषधि लोपिनाभिर तथा राइटोनाभिरको निकै चर्चा भएको थियो तर वेलायतमा गरिएको रिकभरी परीक्षणमा यो प्रभावकारी देखिएन । डब्लुएचओले पनि उसको सलिडारिटी परीक्षणबाट यी औषधि हटाएको छ ।
के औलोविरुद्धको औषधिले कोरोनाभाइरस रोक्छ?
रोक्दैन । क्लोरोक्वीन तथा त्योसँग सम्बन्धित हाइड्रोक्सीक्लोरोक्वीन औषधिमा भाइरससँग लड्ने तथा प्रतिरोधी क्षमतालाई शान्त पार्ने गुण हुन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गरेपछि यी औषधिको चर्चा भयो। तर वेलायतको रिकभरी ट्रायलमा यो प्रभावकारी देखिएन । डब्लुएचओले पनि उसको परीक्षणबाट यसलाई हटाइसक्यो ।

के निको भएका बिरामीको रगतले उपचार हुन्छ?
कोरोनाभाइरसबाट निको भएका मानिसको रगतमा यसविरुद्ध लड्ने एन्टीबडी विकास भएको हुन्छ । ती एन्टीबडी निकालेर बिरामीलाई दिने विधि अन्य रोगको हकमा प्रभावकारी पाइएको थियो । तर कोरोनाभाइरसको हकमा यो प्रभावकारी भइसकेको प्रमाणित भएको छैन ।
कहिले आउला त पक्का उपचार ?
वास्तवमा कोरोनाभाइरसविरुद्ध औषधि कहिले पनि पत्ता नलाग्न सक्छ । हालसम्म यस्तै खालका फ्लु वा रुघाखोकीका औषधि पनि हामीसँग छैन । तर एउटा उपचार प्रभावकारी भएको पत्ता लागिसकेको छ र अन्य आशलाग्दा परीक्षण भइरहेका छन् । चिकित्सकहरूले उपलब्ध र सुरक्षित प्रमाणित भइसकेका औषधिहरू परीक्षण गरिरहेका छन् र तिनको निचोड चाँडै नै सार्वजनिक हुनेछन् । केही नितान्त नयाँ औषधिको पनि प्रयोगशालामा परीक्षण भइरहेका छन्। तिनको मानिसमा परीक्षण बाँकी छ ।
उपचार पत्ता लगाउन किन आवश्यक ?
सबभन्दा महत्वपूर्ण त उपचारले ज्यानहरू जोगाउन सक्छ । साथै यसले लकडाउन तथा सामाजिक दूरीजस्ता प्रतिबन्धहरू खुकुलो पार्न सघाउँछ । प्रभावकारी उपचार पत्ता लागेमा कोरोनाभाइरस एक साधारण रोग बन्न पुग्छ । यदि उपचार वा औषधिले मानिसलाई भेन्टिलेटरको आवश्यकता पर्न छाड्यो वा सघन उपचार कक्षमा चाप पर्न छाड्यो भने मानिसहरूको जीवनमा यतिधेरै नियन्त्रण गरिराख्नु पर्ने छैन ।

जेम्स ग्यालहर
बीबीसीका स्वास्थ्य तथा विज्ञान सम्वाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग