काठमाडौं-सिमरामा बुद्ध एयरको एटिआर जहाजले उडान भर्ने



काठमाडौं । बद्ध एयरले काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान गर्ने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरा विमानस्थलमा एटीआर जहाजको सफल परीक्षण उडान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर गत बुधबार बुद्धएयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ । प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गर्दै जहाजको परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।

नेपालमा बन्दाबन्दी शुरु (गत चैत ११ गते) हुनुअघि दैनिक नौ वटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआरले उडान भर्ने योजना बनाएको छ । नेपालकै सबैभन्दा पुरानो र व्यस्त सिमरा विमानस्थलको लम्बाइ एक हजार १९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौँ छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भीडभाड हुने गर्दछ ।

बुद्धएयरसँग आठ एटीआर–७२, तीन एटीआर–४२ र दुई बीचक्राफ्ट १९०० ‘डी’ गरी १३ जहाज छन् । भदौ १ बाट हुने व्यावसायिक उडानका लागि बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । यात्रुको दोहोरो तापक्रम जाँच, ह्याण्ड स्यानेटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज र लगेज ट्रलीको सङ्क्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख