राष्ट्रिय वाणिज्य बैंकले ७ दशमलब २५ प्रतिशत वार्षिक व्याजदरमा घर कर्जा उपलब्ध गराउने



काठमाडौं । कोरोनाको महामारीका कारण निम्तिएको आर्थिक संकटलाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंकले आगामी हप्ताबाटै हालसम्मकै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । २६ वटा निजी व्यापारिक बराबर राष्ट्रिय वाणिज्य बैंकले एक्लै सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा कर्जाहरु उपलब्ध गराउने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले आगामी हप्ताबाटै बजारमै सबैभन्दा सस्तो ब्याजदरको घर कर्जा योजना लागू गर्न लागेको छ । बैंकले ७ दशमलब २५ प्रतिशत वार्षिक व्याज दरमा घर कर्जा उपलब्ध गराउन लागेको हो । यसै गरी राष्ट्रिय वाणिज्य बैंकले अन्य २६ वटा कमर्सियल बैंक बराबर एक्लै सहुलियत कर्जाको उपलब्ध गराउँदै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए।

कुल कर्जाको १ प्रतिशत सहुलियत कर्जा दिने पनि वाणिज्य बैंकको योजना छ । कोरोना भाइरसको महामारीका कारण छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै बैंकले सबै कर्जाको व्याजदर घटाएको छ । हालको अधिकतम ब्याजदर नै ९ दशमलब ३२ प्रतिशत रहेको छ ।

यसैगरी बैंकले सार्वजनिक संस्था तथा कर्पोरेट निकायहरुलाई लक्षित गरी ती संस्थासँग समझदारी गरेर कर्मचारीहरुलाई पेसागत कर्जा उपलब्ध गराउन लागेको हो । बिना धितोको पेसागत कर्जाको वार्षिक ब्याजदर ८ दशमलब ०७ प्रतिशत मात्रै रहने जानकारी दिइयो । यसै गरी वाणिज्य बैंकले अवकाश प्राप्त कर्मचारीका लागि पनि सहुलियत दरको कर्जा उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएका युवा र दक्ष जनशक्ति रहेकाले सरकारी बैंकमा ढिला सुस्ती हुन्छ भन्ने पुरानो मानसितालाई अन्त्य गर्ने मुख्य लक्ष्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस
कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण

प्रतितोला २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबार ६ हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने

सौराहाका होटल दुई सातामै पुनः बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै

भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभए आन्दोलनमा उत्रिने संघको चेतावनी

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशायी