‘बदला बरिलै’  सार्वजनिक



नायाँ गीत  ‘बदला बरिलै’  सार्वजनिक भएको छ । यस गीममा गायक अनि कलाकार प्रकाश सपुतको स्वर रहेका छन् । यो गीतमा बलात्कारको शिकार भएका महिलाको कथालाई  समेटेको हो ।  गलबन्दि, गलबन्धिको प्रिक्वेल निर्माण गरी दर्शकको मन जितेका सपुतको यो प्रोजेक्ट पनि मुटु पोल्ने खालको छ  । संगीत क्षेत्रमा करियर बनाउन आएकी युवतिको जीवन कसरी बर्बाद हुन्छ भन्ने कुरा सपुतले देखाएका छन् । यो गीतको लेखन, संगीत, भिडियो निर्देशन प्रकाशले नै गरेका छन्। गीतमा देवी घर्तीको स्वर छ। भिडियोमा देखिएकी पीडित युवतिको भूमिका केकी अधिकारीले निभाएकी छन्, ध्रुव कोइराला नकारात्मक भूमिकामा छन् । भिडियोलाई अनिल कृष्ण मानन्धरको छायंकन रहेको छ भने गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन्। भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल, ब्रिशा बराल, इज्युलिया आचार्यको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।