नेपाली मूलका युवा दिवेश पोखरेलको ‘अमेरिकन आइडल’मा तहल्का



नेपाली मूलका युवा दिवेश पोखरेलले अमेरिकाको रियालिटी सोमा तहल्का मच्चाएका छन् । अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले तहल्का मच्चाएका हुन् । पोखरेलले दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना प्रभावित भएका हुन्।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डलका तीनै सदस्य उठेर ताली बजाएका हुन् । उनको स्वरबाट अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका जज ल्युक ब्रायनले त दिवेशसँगै गाएका पनि थिए। दिवेशको गायनले रियालिटी सोका दर्शकसमेत अत्यन्त उत्साहित भएका थिए । निर्णायक मण्डलका तीनै सदस्यले दिवेशलाई दोर्होयाउन गाउन लगाएका थिए।

प्रस्तुतिपछि दिवेशले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेको प्रतिक्रिया दिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो