मेरो जीवनको लक्ष्य नै एउटा राम्रो कलाकार बन्ने होः विमल पुरी



नेपाली समाजमा एउटा भनाई छ नि त सोच म पुर्याउँछु । यो सबैका जीवनमा लागू हुँदैन तर कसैकसैको जीवनमा हुन्छ । त्यस्तै मध्येमा पर्छन् भर्खरै मोडलिङबाट चलचित्र क्षेत्रमा आफ्नो पाइला अघि बढाएका विमल पुरी । नवलपरासीको अरुणखोलामा जन्मेका पुरीको सानैदेखिको सोच थियो चलचित्र क्षेत्रमा लाग्ने । त्यही सोच राखेरनै उनी सानैदेखि नाचगान तथा नाटकमा अभिनय पनि गर्थे । यति गर्दैगर्दा पनि उनलाई समयले केही समय विदेश लग्यो ।

६ वर्ष विदेशको बसाईका क्रममा उनलाई फेरि आफू सानो छँदाको यादले सताउन थाल्यो र म अब विदेश होइन स्वदेश फर्किनुपर्छ भनेर त्यही आफ्नो इच्छा पूरा गर्न उनी स्वदेश फर्किए । स्वदेश फर्किएलगत्तै ‘तिमी छौ र त’ नामक गीतमा मोडलिङ गरेर उनले त्यो सानो छँदाको इच्छा पूरा गर्ने सिँढी चढ्न सुरुवात गर्न थाले । यसैमा केन्द्रित रहेर उनी मोडल विमल पुरीसँग गरिएको छोटो कुराकानी ।
१. कस्तो पाउनुभएको छ प्रतिक्रिया ?
एकदम राम्रो प्रतिक्रिया आएको छ । म ६ बर्ष विदेश बसेर आएको हुँ । त्यसैले देश विदेशबाट एकदम राम्रो प्रसंसा पाएको छु ।
२. किन सांगीतिक क्षेत्र रोज्नु भयो त ? कतै लहडमा त लाग्नु भएको होइन ? कोबाट प्रेरणा पाउनु भएको हो ?
मलाई सानैदेखिनै गीत गाउन र एक्टिङ गर्न मनपथ्र्यो । सानोमा फिल्म पनि धेरै हेर्थें । अनि नाटक पनि खेल्थें र प्रतिस्पर्धामा भाग पनि लिन्थें । सानैदेखि मोडलिङ गर्ने लक्ष्य थियो । महानायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझीलगायतका कलाकार मलाई एकदमै मनपथ्र्यो र उहाँहरुको फिल्म हेर्थें । उहाँहरुनै हो मेरो प्रेरणाको श्रोत ।
३. विदेश बसेर आएको तपाईँ किन मोडलिङमा लाग्नु भयो त ?
म सन् २०१२ मा राम्रो कामको मौका पाएँ र अन्तर्राष्ट्रिस्तरको प्रतिष्ठित कम्पनीमा काम गर्न यूएई गएँ । अनि काम गर्दै गएपछि सिक्ने मौका पनि पाएँ र पैसा पनि कमाएँ । परिवारलाई कमाइले सहयोग पनि भयो । मेरो काम एकदम राम्रो र तलब पनि । अनि बिस्तारै मलाई म यो कामको लागि जन्मेको होइन यो मेरो क्षेत्र पनि होइन, मैले त मेरो सानोदेखिको सपनालाई पूरा गर्नुपर्छ भन्ने महसुस हुँदै गयो अनि पैसा मात्र कमाएर हुँदैन रहेछ भन्ने लाग्यो । यो कुराले मलाई निन्द्रा नै लाग्न छाड्यो । धेरै सोचें म फर्किनुपर्छ भन्ने लाग्यो र आफ्नो देशमा मेरो सपना साकार पार्नुपर्छ अनि केही गर्नुपर्छ भनेर । त्यसपछि विस्तारै योजना बनाएर यो बर्ष पर्किनुनै पर्छ भनेर म विदेशबाट फर्किएँ ।
४. मोडलिङमा त पैसा छैन, मोडलिङमा लाग्नेको आफ्नै पीडा हुन्छ भन्छन् नि ?
मेरो जीवनको लक्ष्य नै एउटा राम्रो कलाकार बन्ने हो । पैसा नै कमाउने मनसाय भएको भएत अहिले फर्किने थिइन । मेरो लागि महत्वपूर्ण कुरा भनेको मलाई भित्रदेखिनै कसरी खुसी मिल्छ, मेरो दिल कसरी खुसी हुन्छ भन्ने हो । म एकदम आत्मादेखिनै यो क्षेत्रमा लागेको छु । पैसा नै नभएर त के भयो र केही मान्छेले चिन्नुहोला भन्ने हो । कलाकार राष्ट्रका गहना हुन् र उनीहरुको आफ्नै ठाउँमा धेरै महत्व छ जस्तो मलाई लाग्छ । मेरो जीवन नै यही हो अब म यसकै लागि फर्केको हुँ । सधैं यो क्षेत्रसँग जोडिएर काम गर्छु ।
५. कस्तो अनुभव भइरहेको छ पहिलो गीतमा मोडलिङ गरेपछि ?
अनुभव एकदम राम्रो भयो मलाई । सबै टिमलाई धन्यवाद भन्न चाहन्छु । यो प्रोजेक्टमा मैले धेरै कुरा सिक्ने मौका पाएँ र मलाई टिमले नै एकदम सहयोग गर्नुभयो । र बहिनी जमुना वनसँग धेरै अभारी पनि छु । जमुनाले नै मलाई हरेक कदम कदममा साथ दिएकी छन् । र म विदेशबाट फर्किनुमा बहिनी जमुनाको धेरै ठूलो भूमिका पनि छ ।
६. अब अरु गीतमा पनि तत्काल तपाईँलाई देख्न सकिन्छ ?
मेरो लक्ष्य चलचिलमा खेल्नु हो । कलाकारिताको कक्षाहरु पनि लिँदैछु । राम्रो स्क्रिप्ट अनि गीत आएमा खेल्न तयार नै छु । अब अर्को गीतको पनि तयारी हुँदैछ । मेरो फोकस भनेको चलचित्रमा खेल्ने नै र यसको यात्रा मोडलिङबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।