इन्जिनियरले लाइसेन्स लिन अब परीक्षा पास गर्नुपर्ने



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरेको छ । यो विधेयकले इन्जिनियरले लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने ब्यवस्था गरेको छ ।

हाल इन्जिनियरिङमा स्नातक गरेकाले शैक्षिक प्रमाणपत्रका आधारमा इन्जिनियरिङ लाइसेन्स प्राप्त गर्न नेपाल इन्जिनियरिङ परिषदसमक्ष निवेदन दिन सक्ने ब्यवस्था छ । विदेशमा अध्ययन गरेर आउनेले पनि त्रिभुवन विश्वविद्यालयले दिएको समकक्षता प्रमाणका आधारमा लाइसेन्स प्राप्त गर्दै आएका छन् ।

समितिबाट पारित विधेयकअनुसार अब भने इन्जिनियरले लाइसेन्स लिन इन्जिनियरिङ परिषदले लिने परीक्षा पास गर्नुपर्ने हुन्छ । परिषदले बर्षमा दुई पटक परीक्षा लिने ब्यवस्था विधेयकमा राखिएको छ ।

यो विधेयकलाई संसद अधिवेशन सुरु हुनेवित्तिकै पेश गर्ने तयारी गरिएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए । राष्ट्रिय सभाले पास गरेपछि यो विधेयक प्रतिनिधि सभामा जान्छ । प्रतिनिधिसभाले पनि पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने र कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

  राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवन जीर्ण, पुनर्निर्माणका लागि बजेट नपाएको गुनासो

  ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका

बाहिर प्रचार गरिए जस्तो इञ्जिनियरिङमा विद्यार्थीको कमी भएको होइन

  प्रकाश सिलवाल, काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स