त्रिचन्द्र क्याम्पस स्थानान्तरणको सम्झौता गरिएको छैनः क्याम्पस प्रमुख अधिकारी



काठमाडौं । त्रिचन्द्र क्याम्पसले क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारीले विज्ञप्ति जारी गरी समाचारमा सत्यता नभएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्रिचन्द्र क्याम्पसको स्थानान्तरण सम्बन्धी हालै बाहिरिएका समाचारहरु गलत एवम् भ्रामक भएको र यस सम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसको तर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।’ त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्दै समाचार बाहिर आएका थिए ।


प्रतिक्रिया दिनुहोस
विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन असम्भवः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयमा विद्यार्थी बोलाएर तत्काल

कक्षा ११ को परीक्षासँग सम्बन्धी कुनैपनि काम अघि नबढाउन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरु संचालन नगर्न

भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको परिपत्र

काठमाडौं । शिक्षा मन्त्रालयले भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन