विद्यालयमा क्वारेन्टाइन नबनाउन आग्रह



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना भाइरसबाट बच्नु र बचाउनु सबैको कर्तव्य भए पनि विद्यालयहरुमा क्वारेन्टाइन बनाउँदा बालबालिकामा भय र त्रास उत्पन्न हुन सक्ने जनाएको छ ।

विभिन्न स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन थालेकामा ध्यानाकर्षण भएको जनाउँदै महासङ्घका महासचिव गुणराज मोक्तानले शुक्रबार विज्ञप्ति जारी गरी विद्यालय शान्ति क्षेत्रका रुपमा कायम राख्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा बालबालिकाले आफू पढ्ने विद्यालय क्वारेन्टाइन हुँदा र त्यहाँ सम्भावित सङ्क्रमित बस्दा वा कुनै बिरामीको मुत्यु भएमा बालबालिकालाई विद्यालय जान डर र त्रास हुने भएकाले अन्य सार्वजनिक स्थल र स्थानमा क्वारेन्टाइन बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयद्वारा कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

  काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज

नेपालमा थप विश्वविद्यालय आवश्यक छैनः सांसद पौडेल

  काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा

प्राज्ञिकहरुले प्रधानमन्त्रीलाई भने- ‘त्रिविमा मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी