मान्छेको स्वार्थीपन शान्त होस् !



डा. गोविन्दशरण उपाध्याय ।

प्रकृति बलियो कि मान्छे ? आज विश्वका मान्छेले आफैसंग र विज्ञानसंग सोधिरहेको प्रश्न यही हो | सबै थोक प्राचीन नै असल हुन्छ भन्ने पटक्कै होइन तर खानपान र वातावारण /पर्यावरण त प्राचीन नै असल रहेछ भन्ने निष्कर्ष निकाल्नु वाहेक आजको विज्ञानसंग अर्को विकल्प छैन |

मान्छेले आफु सुखी र खुसी हुनको लागि जसरी सृष्टिका अन्य जीव तथा वनस्पतिहरूको हुर्मत लिंदैछ, प्रकृतिलाई सहिनसक्नु भएको छ |

अर्काको विनाश गरेर दंभ गर्ने हामी मानिस आफ्नो विनाश उपस्थित हुँदा कतिविध्न डराउँदो रहेछ – करोना एसको उदाहरण बनेको छ |

विकासका लागि प्रतिस्पर्धा गर, प्रतिस्पर्धामा तिमीले जित्नै पर्छ र जित्नेहरू नै सफल व्यक्ति हुन्छन् – जस्तो द्वन्द निम्त्याउने शिक्षाले विकृत भएको मान्छेको बुद्धिले पर्यावरण र प्रकृतिको रक्षाको कुरा बुझ्नै सक्दैन |

कोविड-१९ संग डराएको मान्छे अझैं पनि लोभीपापीपनको नर्कबाट माथि उठेको छैन | तेसैले रोग र रोगले निम्त्याएको विपत्तिलाई समेत डलरमा तौलने प्रयत्न गर्दैछ |

मानौं – मर्दा पनि डलर नै लिएर जाने छ !

जतिसुकै अप्रिय लागे पनि ७ दिनको लकडाउनका कारण काठमाडौँ उपत्यका प्रकृतिमा आश्रित सबैले धक मारेर लामो सास तान्ने लायक भएको छ |

करोना-१९ ले मान्छेको डरलाई उजागर गरेको छ | मान्छेलाई चाहिने स्वच्छ वातावारणतिर फर्कने प्रेरणा दिएको छ |

“आकाश शान्त होस्, अन्तरीक्ष शान्त हो, पृथ्वी शान्त होउन्, पानी शान्त होस्, औषधिहरू शान्त होउन्, विश्व-ब्रह्माण्ड शान्त होस्, प्राकृतिक विश्वको हरेक वस्तु पुन: आफ्नो प्रकृतिमा फर्कोस् र शान्त होस् |”

स्वार्थी मान्छेको स्वार्थीपन शान्त होस् |

सबैको कल्याण होस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर