मनोरन्जन

नेपालपछि अमेरिकामा ‘बगान’

काठमाडौं । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ। कलाकारसमेत रहेका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिए। उनले भने, ‘विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ।